त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा प्रयोग गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा प्रयोग गरिने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याइने बताएका छन् । शुक्रबारदेखि साताको चार दिन थाइ एयर एसियाले भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा स्टेटस् लेख्दै ओलीले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताएका छन् ।

उनले लेखेका छन्, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ । हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ।’

Logo