ललितपुरमा प्रहरीका सवारीसाधन बाढीले बगायो

ललितपुरमा प्रहरीका सवारीसाधन बाढीले बगायो

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनका सवारीसाधन बाढीले बगाएको छ । बाढीले प्रहरीको गाडी, मोटरसाइकल र एउटा स्कुटर बगाएको हो ।

प्रहरी वृत्त चापागाउँका डीएसपी डिलबहादुर मल्लका अनुसार टुंगुन प्रहरी चौकीबाट बा २ झ १९१८ नम्बरको गाडी र बा २ व १२६९ नम्बरको मोटरसाइकल बगाएको हो ।

प्रहरी चौकीमा राखिएको एउटा स्कुटर पनि बगाएको छ । टुंगुनमा बैतर्णी र घडघडा सहितका ३ वटा खोलामा आएको बहावले गाडी र मोटरसाइकल बगाएको मल्लले जानकारी दिए । बाढीको कारण टुंगुनमा कार्यरत प्रहरीलाई त्यहाँबाट सुरक्षित ठाउँमा सारिएको छ ।

Logo