काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा ग्यास सिलिन्डर पड्केर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो। घाइतेहरु राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
प्रकाशित: २ माघ २०७५ १७:१८ बुधबार