काठमाडौं,३, मंशिर
कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। "/>

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं. ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्। दस्ताबेजमा विकास निर्माणको विवरण, सांसद, संसदको कृषि तथा जलश्रोत समितिको सभापति, स्वास्थ्यमन्त्री हुँदा आफूले निर्वाह गरेको भूमिका उनले उल्लेख गरेका छन्।

काठमाडौं क्षेत्र नं. ४ मा भौतिक पूर्वाधार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणको क्षेत्रमा आफू जनप्रतिनिधि भएपछि विनियोजन भएको बजेट र कार्यक्रमबारे उनले प्रस्ट्याएका हुन् । जानकारी ‘मलाई निर्वाचित गराएर पठाएपछि मैले गरेका सबै काम दस्तावेज नै बनाएर मतदाता समक्ष ल्याएको छु,’ थापाले भने, ‘यसले मतदातालाई अझ स्पष्ट पार्ने अपेक्षा गरेको छु।’ थापाको क्षेत्र काठमाडौं क्षेत्र नं. ४ को सडक निर्माणमा मात्र करिब सवा पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भएको देखिएको छ। सडक बाहेक स्वास्थ्य, शिक्षा, खेलकुद, सांस्कृतिक संरक्षण र पार्क निर्माणका लागि पनि सो क्षेत्रमा अर्ब भन्दा बढी बजेट विनियोजन भएर काम भइरहेको उनको दस्तावेजमा उल्लेख छ ।
नागरिकबाट

Logo