४ स्थानीय तहको मतगणना सकियो, एमाले २ तथा कांग्रेस र माओवादी १-१ स्थानमा विजयी

४ स्थानीय तहको मतगणना सकियो, एमाले २ तथा कांग्रेस र माओवादी १-१ स्थानमा विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता १६ असार ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत देशका ४ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। यसअघि पहिलो चरणमा पहिलो पार्टी बनेको एमालेले दोस्रो चरणका ४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदासम्म २ स्थानमा बाजि मारेको छ।

यससँगै देशभर अध्यक्ष तथा प्रमुख पदमा एमालेका १ सय २७ जना निर्वाचित भएका छन्। पहिलो चरणमा प्रमुख तथा अध्यक्ष पदमा गरेर एमालेबाट १ सय २५ जना निर्वाचित भएका थिए।

बाजुराको पाण्डप गुफा गाउँपालिकामा एमालेका कालीबहादुर शाही विजयी भएका छन्। त्यस्तै बझाङको मष्टा गाउँपालिकामा एमालेका कर्णबहादुर कठायत विजयी भएका छन् ।

कांग्रेसका लागि राजेन्द्र बहादुर धामीले बझाङको काँडा गाउँपालिकाबाट जितको खाता खोलेका छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत विजयी भएका छन् ।

फोटो : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको वडा नं. १ मा विजयी भएका नेकपा एमालेका महेन्द्र लिङगल्राससभरत केसी

Logo