भोजपुरको रामप्रसाद राई-८ मा माओवादीको प्यानलै विजयी

भोजपुरको रामप्रसाद राई-८ मा माओवादीको प्यानलै विजयी

केन्द्रबिन्दु
0
Shares

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराउनुभएको छ ।

भोजपुरमा बुधबार भएको मतदान ६१ प्रतिशत भनी प्रचारप्रसार भएता पनि यथार्थमा ६६.३१ प्रतिशत मत खसेको जिल्लाका मुख्य निर्वाचन अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । रासस

Logo