अबुजा (नाइजेरिया), १५ असार । नाइजेरियाको शक्तिशाली आतङ्कबादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ । "/>

बोको हरामद्वारा १० महिला प्रहरी अपहरित

बोको हरामद्वारा १० महिला प्रहरी अपहरित

केन्द्रबिन्दु
0
Shares

 

अबुजा (नाइजेरिया), १५ असार । नाइजेरियाको शक्तिशाली आतङ्कबादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ ।

उनीहरुले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन् । सो जानकारी सहितको भिडियो उनीहरुले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन् ।

उक्त पत्रिकाले बोको हरामले दिएको उक्त भिडियोको बारेमा बिहीबार जानकारी गराएको बताइएको छ ।

आतङ्कबादी संगठन बोको हरामको एक अन–लाइन भिडियो प्रसारणमा पनि दशजना महिला सुरक्षाकर्मीलाई गत हप्ता नाइजेरियाको उत्तरपूर्वी नगर बोर्नोबाट अपहरण गरिएको देखाइएको छ ।

ती महिला प्रहरीलाई अज्ञातस्थलमा बन्दी बनाइएको भनी अबु बाकर सेकाउको नामबाट परिचित बोको हरामका एकजना नेताले दाबी गरेको दृश्यसहितको समाचार स्थानीय दैनिक पत्रिका द पन्चले बिहीबार प्रकाशन गरेको छ ।

बोको हरामको यस दाबी सम्बन्धमा नाइजेरियाली अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छ8ागरिकको मृत्यु भएको छ । साथै यस आतङ्कमा परी अन्य %ो समाचारमा दाबी गरिएको छ । यस भिडियोमा पनि उनले बोलेको दिइएको छ ।

तर सन् २०१४ मा भएको मुठभेडमा सुरक्षाकर्मीको गोली प्रहारबाट उसको मृत्यु भैसकेको नाइजेरियाली सेनाले दाबी गर्दै आएको थियो ।

नाइजेरियामा सन् २००९ देखि सुरु भएको हिंसात्मक विद्रोहमा परी २० हजार भन्दाबढी सर्वसाधारण नागरिकको मृत्यु भएको छ । साथै यस आतङ्कमा परी अन्य %ो हरामका कम्तीमा एकहजार चारसय जना संदिग्ध लडाक%8

सन् २०१४ को अप्रिलमा यही आतङ्कबादी संगठनले उत्तरपूर्वी बोर्नो राज्यकै चिबोक इलाकाबासी एक समुदायका दुइसय भन्दाबढी छात्रालाई विद्यालयबाटै अपहरण गरी बेपत्ता पारेको थियो ।

नाइजेरियाली सुरक्षाकर्मीले ती अपहरित छात्रामध्ये हालसम्म एकसय छ जनालाई मात्र मुक्त गर्न सकेको छ ।

बोको हरामका कम्तीमा एकहजार चारसय जना संदिग्ध लडाकूलाई नियन्त्रणमा लिई नाइजेरियाको उत्तरपूर्वी इलाकामा बन्दी बनाएर राखिएको जनाइएको छ । रासस/सिन्ह्वा

Logo