डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । 

कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाे । हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।  

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् । पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा कांग्रेस विजयी भएकाे छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए । भागेश्‍वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।

Logo