1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

मैले ‘रअ’ प्रमुखलाई भेटेको भन्ने खबर झूठो: पूर्वराजा ज्ञानेन्द्र

1
1
1
1
1
1
1

पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई  भेटेको भनेर प्रकाशित समाचार झूठो भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले आफुले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् । “मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरुमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमामा भनिएको छ ।

‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु। ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १० साउन २०७६ १२:२४ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी