बजेट समृद्धि र सुशासन लक्षित रहने अर्थमन्त्री महतकाे दाबी

बजेट समृद्धि र सुशासन लक्षित रहने अर्थमन्त्री महतकाे दाबी

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने दाबी गरेका छन् ।

सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो दाबी गरेका हुन् । फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट केन्द्रित रहने उनको भनाई छ । 

राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ । सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ ।

Logo