राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङकाे जीवनका यी २५ तथ्य

राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङकाे जीवनका यी २५ तथ्य

केन्द्रबिन्दु
0
Shares

नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ।

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मेका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए। उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले।

इलाम नगरपालिका-७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए। प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए। उनको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै थिए। 

२५ बुँदामा नेम्वाङको राजनीतिक जिवन यात्रा

  • जन्मः २००९ साल फागुन २८, सुन्तलाबारी, इलाम (माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङ)
  • विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय २०२९ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको अनेरास्ववियुबाट स्ववियु सभापति।
  • तत्कालीन नेकपा मालेमा संगठित हुँदै २०३३ सालमा राजकाज मुद्दामा जेलजीवन।
  • २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरे । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए  ।
  • कानूनमा स्नातक (बिएल) पूरा गरी लामोसमय कानून व्यवसायमा संलग्न । उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त भएको छ ।
  • कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा उनी सबैभन्दा अगाडि देखिन्थे । आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्‍याए । 
  • २०४७ सालमा नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकतापछि बनेको नेकपा एमालेको २०५४ सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा क्रियाशील रहे ।
  • २०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।
  • २०४८ र २०५२ सालमा २ पटक राष्ट्रिय सभा सदस्य ।
  • विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री । सामान्य प्रशासन र स्थानीय विकासमन्त्री पनि बने।
  • २०५६ सालदेखि निरन्तर इलामबाट पाँच पटक संसदीय चुनाव विजयी भए । कुनै पनि निर्वाचनमा पराजित भएनन् । 
  • विसं २०५६ मा संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भए । भूमिका कुशलताका साथ पूरा गरे । 
  • सभामुखका रूपमा पहिलो कार्यकाल २०६३ वैशाखदेखि २०६३ को माघसम्म ।
  • सभामुखका रूपमा दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म ।
  • २०६४ र २०७० को संविधानसभा निर्वाचनमा विजयी बनेर २ पटक संविधानसभा अध्यक्षको जिम्मेवारी बहन गरे ।
  • सभामुखको भूमिकामा रहेका नेम्वाङकै नेतृत्वमा नेपाली राजनीतिको भनिने गरेको म्याग्नाकार्टा घोषणा भयो । अर्थात, ४ जेठ २०६३ मा संसदबाट राजा ज्ञानेन्द्र शाहलाई निलम्बन गर्ने गरी महत्वपूर्ण राजनीतिक घोषणा भएको थियो । त्यसदिनको घोषणामा राजालाई निलम्बन गर्नेदेखि धर्मनिरपेक्षताको घोषणा, संघीयताको पनि विषय समेटिएको थियो ।
  • एमाले राजनीतिबाट करिब ९ वर्ष टाढा देखिएका नेम्वाङ संविधानसभा अध्यक्षबाट राजीनामा दिएसँगै एमाले राजनीतिमा फर्किए ।
  • संविधान जारी गर्न राष्ट्रपति रामवरण यादवले आनाकानी गरेका बेलामा नेम्वाङ नै सम्झाउन शीतलनिवास पुगेका थिए । नेम्वाङको भूमिकाकै कारण यादव संविधासभा भवनमा आएर ३ असोजमा संविधान जारी गरेको चर्चा गरिन्छ ।
  • संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको त्यसको अध्यक्ष नेम्वाङ भएकोले उनलाई बाँचुञ्जेल संविधानसभा अध्यक्ष भन्ने निर्णय भएको थियो । 
  • २०७४ को संसदीय निर्वाचनमा गठबन्धनबाट र २०७९ सालमा प्रतिनिधिसभामा विजयी भए ।
  • २०७१ सालमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनदेखि स्थायी कमिटी सदस्य बने । 
  • २०७८ साल मंसिरमा चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्षको जिम्मेवारीमा रहे ।
  • एमालेका संसदीय दलका उपनेता पनि रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थ्यो।
  • गत पुस १० मा राष्ट्रपतिमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिए । तर, नेपाली कांग्रेससहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भए ।
  • २०८० भदौ २६ गते (राति साढे १ बजे) निधन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

Logo