डर्टबाइक रेसिङको प्रदर्शनीमा टिकट आइएमई पेबाट

डर्टबाइक रेसिङको प्रदर्शनीमा टिकट आइएमई पेबाट

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । शनिबार धुलिखेलमा हुन गइरहेको डर्टबाइक रेसिङ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्नेभएको छ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा विभिन्न सांगितिक ब्यान्डहर सँगै मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा ५०० रूपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

Logo