एमाले सरकारले सुरु गरेको विकासका काम गठबन्धन सरकारले ठप्प बनायोः योगेश भट्टराई

एमाले सरकारले सुरु गरेको विकासका काम गठबन्धन सरकारले ठप्प बनायोः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

रौतहट । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा सुरु भएका विकासका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन्। रौतहटको गरुडामा शुक्रबार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन्।

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्तर्गत एमाले सरकारको पालामा ल्याएको विकासका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले विकासका कामहरु ठप्प अवस्थामा रहेको सचिव भट्टराईको भनाइ थियो।

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको विकासका योजनाहरु, भौतिक पूर्वाधारका विकासका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन्। ‘अहिलेको अवस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो विचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पूर्वमन्त्रीसमेत रहेका भट्टराईले भने ।

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउँदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराई मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट विस्तारै पुरानै अवस्थामा पुगिरहेकोसमेत बताए ।

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर विरोध सुरु भएको बताउँदै सचिव भट्टराईले विस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन्। एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउँदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन्। आउँदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुँदैछ।

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो। बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुँदैछ। अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

Logo