रक्षामन्त्री खड्काले व्यङ्ग्य गर्दै भने- ‘मेरो नेता हुने योग्यता नै पुगेको रहेनछ’

रक्षामन्त्री खड्काले व्यङ्ग्य गर्दै भने- ‘मेरो नेता हुने योग्यता नै पुगेको रहेनछ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रमा प्रशस्त कमीकमजोरी देखिन थालेकाले सत्य, तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिएका छन्। खड्काले कमिकमजोरी सच्याएर पत्रकारितालाई सही गोरेटोमा हिंडाउन सक्नुपर्ने बताएका हुन्।

शनिबार काठमाडौँमा पत्रकार तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’को विमोचनमा बोल्दै रक्षामान्त्री खड्काले नेपाली सञ्चार जगतमा लगानी गर्ने रस्वार्थका आधारमा सञ्चालन गर्दै आएका राजनीतिक दल र नेताप्रति व्याङ्ग्यात्मक टिप्पणी पनि गर्न भ्याए।

आफूले कुनै मिडियामा लगानी नगरेको स्पष्टपार्दैखड्काले आफ्नोनेता हुने योग्यता नपुगेको भन्दै व्यङ्ग्य गरे।
कार्यक्रमका वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली सञ्चारमाध्यममा दलका नेताहरुले लगानी गरेको तथा आफैं सञ्चालन गरिरहेकाकाले पत्रकारिता स्वस्थ्य र स्वतन्त्र नभएको उल्लेख गरे। उनले पछिल्लो समय नेता कार्यकर्ता सामाजिक सञ्जालमा वादप्रतिवादमा उत्रिएरै टकराव र आक्षेपको राजनीति गरिरहेको टिप्पणी गरेका थिए।

नेपालले गरेको सोही टिप्पणीप्रति स्पष्ट पार्दै रक्षामन्त्री खड्काले आफूले नेपाली सञ्चार माध्यममा कुनै लगानी नगरेको प्रस्ट्याए। सञ्चारमाध्यममा लगानी नभएकै कारण उनले आफ्नो नेता बन्ने योग्यता अझै नपुगेको भन्दै व्यङ्ग्य गरेका हुन्।

‘किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्ने कुरा आज अनुभव भयो । किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन,’ उनले थपे ‘उहाँले भनेको जस्तो सामाजिक सञ्जालमा दोहोरी गर्ने,आक्षेप र टकरावको राजनीति गर्ने ध्यान मेरे अहिलेसम्म पुगेकै छैन। उहाँको त्यो विश्लेषणमा मैंले नेता हुन अझै केही गर्न बाँकी रहेछ र नेताको दर्जामा आफू पुगिनसकेको आभास भयो,’रक्षामन्त्री खड्काले भने।

रक्षामन्त्री खड्काले सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’को सफलताको लागि शुभकामना दिँदै पुस्तकले मिडिया,अध्येता र पत्रकारितामा रुची राख्नेहरुलाई नयाँ ज्ञान प्रदान गर्ने हैसियत राख्ने विश्वास व्यक्त गरे।

रक्षामन्त्री खड्काले भने, ’विशेषगरी यो पुस्तकमा गहिरो खोज र शुक्ष्म अनुसन्धानमा आधारित रहेर व्यवसायिक रुपमा लेखिएको पुस्तकले मिडिया, अध्येता र पत्रकारितामा अभिरुचीराख्नेहरुलाई नवीनतम जानकारी र ज्ञान प्रदान गर्ने हैसियत राखेको मैंले विश्वास लिएको छु ।’

उनले पत्रकारितामा पनि अन्य क्षेत्रमा जस्तै कमिकमजोरी देखिइरहेको भन्दै सञ्चारमाध्यमले सत्य तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरीहरु देखिएका छन्। जुन कुरा हामी सबैले महसुस गर्दै आएका छाैँ। सत्य,तथ्य र सन्तुलित रुपमा विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट सञ्चारमाध्यम विचलित हुन हुँदैन । पत्रकारिता न्यायको पक्षमा शतीसालझैं उभिनपर्छ। यो आत्मसमीक्षाको विषय पनि हो। हामीले स-साना गल्ती कमजोरीबाट पाठ सिक्दै पत्रकारितालाई सही गोरेटोमा हिंडाउनसक्नुपर्दछ । त्यसका लागि इमान्दारकासाथ काम गर्नुपर्दछ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विमोचित पुस्तकपत्रकारिताका विद्यार्थीका लागि उपयोगी हुने बताए ।उनले उक्त पुस्तक सही सूचना प्रवाह र जनमत निर्माण हुने सुनिश्चितताका लागि पुस्तक उपयोगी हुने बताए।

Logo