नेपालको धर्म र राष्ट्रियता क्षयीकरण भयोः रविन्द्र मिश्र

नेपालको धर्म र राष्ट्रियता क्षयीकरण भयोः रविन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वष्ठि उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको धर्म र राष्ट्रियतामा क्षयीकरण आएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा ‘गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मिश्रले नेपालको सभ्यता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण कहिल्यै नभएको बताएका हुन्।

उनले भने,‘राष्ट्रियता भनेको नेपालको माटो हो । धर्म हो । संस्कृति हो । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा क्षयीकरण आएको छ । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण भएको कहिल्यै भएको देखेको छैन। ’

नेपाल भारत र चीन जस्ता विशाल चट्टानको बीचमा रहेको तरुल भएको भन्दै उनले उत्तेजक राष्ट्रवादबाट नभई सौम्य राष्ट्रवादबाट उनीहरुसँग डिल गर्नुपर्ने बताए।

दक्षिणी छिमेकीसँग अझ संवेदनशील भएर प्रस्तुत हुनुपर्ने उनको भनाई थियो। उनले भने, ‘हामी ति विशाल चट्टानहरुमा लगेर टाउको ठोक्कयौं भने आफ्नै टाउको फुट्छ। यस्तो गर्नु भएन। हामी सौम्यवादका उनीहरुसँग संवाद गर्न आवश्यक छ। ’अहिलेको नेतृत्व यसरी डिल गर्न सक्छ भन्दै उनले प्रश्न गरे।

Logo