एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन्ः वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन्ः वरिष्ठ उपाध्यक्ष पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताएका छन् ।

शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताएका हुन् । गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।

उनले भने, ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन, भोलि देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन ।’

नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उनले कसैले त्यस्तो गर्यो भने त्यो एमाले हुन नसक्ने जिकीर गरे ।

Logo