एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको चहल पहल सुरू

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको चहल पहल सुरू

केन्द्रबिन्दु
0
Shares

रौतहट। नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको चहल पहल सुरू भएको छ। जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भइरहेको नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिएका छन्।

नेकपा एमालेको जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिकासहितका पालिकाहरुमा सम्पन्न भएको छ। आउँदो माघ २५ र २६ गते हुने एमालेको १० औँ जिल्ला अधिवेशनको लागी शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो।

चन्द्रपुर नगरपालिकाले निर्विरोध रुपमा १० वटै वडाबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिएका छन्।

चन्द्रपुरको वडाबाट प्रतिनिधि चयन गरिएको थियो। महिला,युवा,दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए। चन्द्रपुरमा संघिय संसद् तथा प्रदेश कमिटि सदस्य बिना साहलाई निर्वाचन अधिकृतको रुपमा खटाएको थियो।

रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीले जानकारी दिएका छन्। ति पालिकाहरुमा पनि १-२ दिनभित्र प्रतिनिधि चयन हुने केन्द्रीय सदस्य रेग्मीले बताए।

रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन्। पार्टीका विभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन्। रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ।गरुडामा हुने जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ।

Logo