जनहितकारी कामहरु संसदमा सुनुवाइ नभए अनशन बस्ने सांसद खानकाे चेतावनी

जनहितकारी कामहरु संसदमा सुनुवाइ नभए अनशन बस्ने सांसद खानकाे चेतावनी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाइ नभएको गुनासो गरेका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताएका हुन्।

उनले भने,‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ। बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारा बर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशन समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन। यस्ता जनहितकारी कामहरु सुनुवाइ नहुनु दुःखको कुरा हो। यस्ता कामहरु अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु।’

Logo