खेलाडीलाई घोषित पुरस्कार नदिनु लाजमर्दो विषय हाेः सांसद पराजुली

खेलाडीलाई घोषित पुरस्कार नदिनु लाजमर्दो विषय हाेः सांसद पराजुली

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खेलाडीहरुलाई तोकिएको पुरस्कार राशि उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार उनले खेलाडीलाई पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न सरकारलाई आग्रह गरेका हुन्।

उनले भने,‘खेलाडीहरुमाथि यस्तो उपेक्षा र मजाक किन ? जनप्रतिनिधि र सरकारमा रहेको मन्त्री र सांसद कसैले पनि भत्ता र तलब नपाएको भन्ने छैन तर राज्यसँग पैसा छैन भनेर खेलाडीहरुलाई पुरस्कार पनि उपलब्ध गराउन नसक्नु कतिसम्म लाजमर्दो विषय हो। यस विषयमा प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग खेलाडीको खातामा घोषणा गरिएको पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न आग्रह गर्दछु।’

प्रधानमन्त्रीको सक्रियतामा एक वर्षभन्दा अगाडि राष्ट्रिय क्रिकेट टोली र अन्डर १९ क्रिकेट टोलीका लागि पुरस्कार घोषणा गरिएको थियो। उक्र पुरस्कार अझैसम्म पनि नदिनु खेलाडीहरुको उपहास गरे बराबर भएको उनको भनाइ थियो।

Logo