टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनःर्निर्माण

टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनःर्निर्माण

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौँको थापाथली–टेकु दोभान क्षेत्रमा नदी किनारमा रहेका १३ वटा सम्पदाको पुनःनिर्माण भएको छ।

एसियन बैंकको ऋण सहायतामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजनाअन्तर्गत भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनःर्निर्माण गरेको हो।

परियोजनाले तीन चरणमा पुनःनिर्माण, सबलीकरण र रेक्ट्रोफिटिङको काम गरेको छ। सो कार्यमा लागत रकमको ५० प्रतिशत एसियन विकास बैंकको ऋण सहयोग हो भने बाँकी ५० प्रतिशत सरकारले बेहोरेको छ।

परियोजनाअन्तर्गत पुनःनिर्माण भएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण समेत गरिसकिएको छ। दोश्रो चरणका सम्पदा संरक्षणका विषयमा बिहीबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमेतको उपस्थितिमा बैठकमा छलफल भएको छ। उनले महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिने बताइन्।

‘हस्तान्तरण भएर सम्पत्ति मात्र आउँदैन। ऋणलगायतका दायित्व पनि आउँछन्। त्यसैले निर्णय हुनुअघि सबै विषय स्पष्ट हुनुपर्छ,’ नले भनिन्। परियोजनाले पहिलो चरणमा ३८ करोड ८२ लाख रुपैयाँ लागतमा सम्पदा पुनःर्निर्माण गरेको थियो भने अहिले दोस्रो चरणमा ४८ करोड ६४ लाख रुपैयाँमा १३ वटा सम्पदा पुनर्निर्माण गरेको छ । अब ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा काम भइरहेको छ ।

Logo