नेताहरु व्यापारी जस्ता देखिए, अब क्रोनिक क्यापिटलिज्मविरुद्ध उत्रिनुपर्छ -उपसभापति गुरुङ

नेताहरु व्यापारी जस्ता देखिए, अब क्रोनिक क्यापिटलिज्मविरुद्ध उत्रिनुपर्छ -उपसभापति गुरुङ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्वाेच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक समाजवादको ब्याख्या र परिभाषा सबै तहका जनताहरुको पक्षमा हुुनुपर्ने उनले बताए ।

ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उद्घाटन समारोहमा बोल्दै उपसभापति गुरुङले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मल जल गर्ने र टुप्पोमा बसेर फल खानेहरुबीचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याएका हुन् । उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले त्यसविरुद्ध उत्रिनुपर्ने बताए ।

महासमिति बैठक नीति महाधिवेशन पनि भएकाले संगठनका विषयहरुमा घनीभूत छलफल गर्नुपर्ने बताउँदै उनले चुस्त संरचना बनाउन जोड दिए । ‘हामी जनतामा मालिक होइनौं । सेवक हौं भन्ने विषयमा एकमत हुनुपर्छ,’ उनले भने ।

उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पति छानविन गर्नुपर्ने माग गरे ।

Logo