कांग्रेसले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्छ -महालक्ष्मी उपाध्याय डिना

कांग्रेसले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्छ -महालक्ष्मी उपाध्याय डिना

केन्द्रबिन्दु
56
Shares

ललितपर । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् ।

सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै सहमहामन्त्री उपाध्यायले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताएकी हुन् । कांग्रेसको नीति उत्कृष्ण बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो ।

‘हाम्रो गौरवाशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,’उनले भनिन् ।

सहमहामन्त्री उपाध्ययायले मुलुकलाई अब कता लाने भन्ने अभिभारा पनि नीति अधिवेशनको भएको जिकिर गरिन् । ‘जनताको विश्वास कांग्रेसमा छ । जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ । स्थानीय तहमा हाम्रो पार्टी ठूलो छ, प्रदेशमा ठूलो छ । त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाई गर्नुपर्छ । जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ । जनताले त्यही भनेका छन्,’उनले थपिन् ।

पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

Logo