पार्टीभित्र एकता नहुँदा जनताले औंला ठड्याउने मौका पाए -सभापति श्रेष्ठ

पार्टीभित्र एकता नहुँदा जनताले औंला ठड्याउने मौका पाए -सभापति श्रेष्ठ

केन्द्रबिन्दु
42
Shares

ललितपुर । कांग्रेसले एकताको सन्देश दिन नसक्दा जनताले औंला ठडाउने मौका पाएको ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

सोमबार ललितपुरको गोदवरीमा पार्टी महासमिति बैठक उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले कांग्रेसले एकताको सन्देश दिन ढिला गर्न नहुने बताएका हुन् । ‘आज नीति अधिवेशनको रुपमा हामी महासमिति बैठकमा उपस्थित छौं । यसपालीको नीति अधिवशेनले कांग्रेस एकताको रुपमा अघि बढेको छ भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘अहिले हामीलाई जनताले हात ठडाएको अवस्था छ । विभिन्न माध्यमबाट गाली गर्ने , हामी बिचमा भएको कुरामा पूश्न जनताले उठाएका छन् । यो यसलाई निमिट्यान्न पार्नुपर्छ ।’

सभापति श्रेष्ठले अन्य दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश दिन सके आउँदो निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी उनको छ । ‘अन्य दलले बजारमा ८४।८४ भन्ने हल्ला बजारमा चलाएका छन् । हामी एक भए ८४ मा त्यसरी पहिलो पार्टी हुन्छौं । तर, यो मन्चबाट एकताको सन्देश दिनुपर्ने अवस्था छ,’ उनले थपे ।

स्वागत मन्तव्यको क्रममा उनले ललितपुर जिल्लाले एकताको सन्देश दिँदा गएको स्थानीय चुनावमा ५६ प्रतिशत मत ल्याएको भन्दै पार्टीले ८४ को निर्वाचनमा ७५ प्रतिशतमाथि मत ल्याउने दाबी गरे ।

Logo