कांग्रेस महासमिति बैठकः आज विभिन्न प्रतिवेदन पेश गरिने

कांग्रेस महासमिति बैठकः आज विभिन्न प्रतिवेदन पेश गरिने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ। ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।

बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ। यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ ।

Logo