जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ। बैठकमा केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ।

Logo