अर्थमन्त्री महतको दाबीः ‘बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ’ [पूर्णपाठ]

अर्थमन्त्री महतको दाबीः ‘बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ’ [पूर्णपाठ]

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन्। गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थ मन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका हुन्।

डा. महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए । ‘नेपाली काँग्रेसको तर्फबाट वर्तमान गठबन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । मैले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरू कार्यान्वयनका क्रममा छन् ।’

डा. महतले पर्यटक आगमन, होटेल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए । यस्तै विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत् उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केही चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दोक्रमा रहेको उनले उल्लेख गरेका छन् ।

आगामी दिनमा पूँजीगत खर्च बढ्ने प्रतिनिधिलाई आश्वासन बाँडेका छन्। महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील रहेका छौँ । हाल बैङ्क तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकोले लगानीको लागत कम भई उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ । साथै, जल विद्युत्, पर्यटन, कृषिमा व्यवसायीकरण र सूचना प्रविधि उद्योगलाई सम्भावनाका क्षेत्रको रूपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकोले दूर दराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुने छन् ।’

Logo