राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ४० बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ४० बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

केन्द्रबिन्दु
42
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै र्यालीसहित सिंहदबार पुगेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार- केन्द्र र अधिकार प्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक/कानूनी व्यवस्थालगायतको माग उल्लेख छन् ।

हेर्नुहाेस्, ज्ञापनपत्र

Logo