नेपालीको हितको रक्षा गर्नु मुख्य प्राथमिकता हाेः परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालीको हितको रक्षा गर्नु मुख्य प्राथमिकता हाेः परराष्ट्रमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। सत्ता गठबन्धनको दलीय समीकरण फेरिएसँगै गृहमन्त्रालय छाडेर परराष्ट्रको जिम्मेवारीमा आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

बुधबार शपथ ग्रहणपछि पदभार सम्हाल्दै उनले विदेशमा रहेका नेपालीहरुको हितका रक्षा गर्ने कुरालाई आफ्नो महत्वपूर्ण कार्यभारको अंग बनाउने प्रतिबद्धता जनाएका हुन्।

उनले भने,‘हाम्रा नेपालीहरु जो वैदेशिक रोजगारमा छन्। वैदेशिक रोजगारमा रहेका सबै नेपालीको हितको रक्षा गर्ने कुरालाई हामीले आफ्नो कार्यभारको एउटा अभिन्न महत्वपूर्ण अंग बनाउनेछौँ।’

उनले पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता,भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवर्धन गर्नु रहेको भन्दै त्यसमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

उनले भने,‘मेरो पहिलो देशको लागि पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवद्र्धन गर्नु हो। हरेक देशका नागरिकको पनि यो जिम्मेवारी हो। तर, मूलतः यसमा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ।’ छिमेकी राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै जाने पनि उनको प्रतिबद्धता छ।

Logo