भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छुः मन्त्री अधिकारी

भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छुः मन्त्री अधिकारी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गरेका हुन्। विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहेका थिए।

शिक्षण पेसा हुँदै राजनीतिमा लागेका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थालेका थिए। मन्त्री अधिकारी हाल एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्जसमेत हुन्।

Logo