प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।रास्वापा चार मन्त्रालयका साथ सरकारमा सहभागी छ । कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनेको छ । गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

Logo