आकाशियो तरकारीको भाउ

आकाशियो तरकारीको भाउ

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौँमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ ।

अविरल वर्षाका कारण काठमाडौँ जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौँमा तरकारी महँगिएको हो ।

आज सुकेको प्याजको भाउ प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । यसअघि भने ११८ रुपैयाँ ३३ पैसा तोकिएको थियो । लोकल गाजर १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा, तराई गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा रहेको छ भने पार्सले प्रतिकेजी २ हजार २६६ रुपैयाँ ६७ पैसा पर्नेछ ।

त्यस्तैगरी, हरियो धनियाँ १७ रुपैयाँ सस्तिएर ३८३, हरियो लसुन १०० रुपैयाँ सस्तिएर २७६ रुपैयाँ र रायो साग ५० रुपैयाँ सस्तिएर ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo