प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज बिहान भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ भने प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

Logo