प्रधानमन्त्री प्रचण्डले आक्रोश पाेख्दै भने- ‘म होइन, कांग्रेस विश्वासघाती हाे’

प्रधानमन्त्री प्रचण्डले आक्रोश पाेख्दै भने- ‘म होइन, कांग्रेस विश्वासघाती हाे’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन्। उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताएका हुन्।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए। उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’

त्यसपछि आफूले गठबन्धन परिवर्तन गरेको उनले बताए । यो सामान्य राजनीतिक प्रक्रिया मात्र भएपनि कांग्रेसले अराजनीतिक व्याख्या गरेको र कतिपयले निजी आक्षेप लगाएको भन्दै उनले प्रतिवाद गरे ।

कुनै समय राजनीतिक सहमति कार्यान्वयन गर्दा कांग्रेसकै नेताले ‘राजनेता’ भनेको स्मरण गर्दै उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ ?’

कांग्रेसका विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा परेको प्रभावबाट समते आफू आजित भएको उनले सुनाए । तर अहिले युद्धविराम नै गरेर आफ्नो निन्दा अभियानमा प्रतिस्पर्धा गरेको महसुस भएको भन्दै उनले भने, ‘आज मैले गठबन्धनमा गरेको परिवर्तनबाट कांग्रेसभित्र एकताको कारक बन्न पाएको खुसी छु ।’

राजनीतिक घटनाक्रम र उतारचढावको बीचबाट जनतामा एक चोटी स्थापित भएको मान्यता अनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले फेरि कांग्रेससँग सहकार्य गरेको उनले बताए । ‘प्रधानमन्त्रीका रुपमा जस्तो संकल्प साथ म सक्रिय थिएँ, टीम त्यही रुपको नभएको मेरो अनुभूति रह्यो,’ उनले अगाडि भने, ‘सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

Logo