कांग्रेसलाई ओलीको प्रश्नः ‘प्रधानमन्त्रीलाई पोहोर विश्वासको मत दिने, अहिले चाहिँ किन समर्थन नगर्ने ?’

कांग्रेसलाई ओलीको प्रश्नः ‘प्रधानमन्त्रीलाई पोहोर विश्वासको मत दिने, अहिले चाहिँ किन समर्थन नगर्ने ?’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘अहिले विश्वासको मत किन नदिने ?’ भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले पहिले आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले विश्वासको मत दिएको स्मरण गरेका हुन्।

“पोहोर साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ। नेपाली कांग्रेस भोट नै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेट्री हालेका जस्तो थियो। समर्थन गरेको थियो,” उनले भने, “अहिलेचाहिँ किन समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने। उफ्रीउफ्री भाषण गर्नुभएको थियो। यसपटक के भो त्यस्तो फेरि ?”

Logo