मेरो कारण कांग्रेसभित्र ‘युद्धविराम’ भयो अब शान्तिमा बदल्नुहोलाः प्रधानमन्त्री प्रचण्ड

मेरो कारण कांग्रेसभित्र ‘युद्धविराम’ भयो अब शान्तिमा बदल्नुहोलाः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत एक वर्षदेखि नेपाली कांग्रेसभित्र देखिएको गुटगत लडाइँले सरकार र सहकार्यमा असर परेकाले आफूले आजित भएर गठबन्धन फेरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूले समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताएका हुन्। “कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ। तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु,” उनले भने, “मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदैछ। यो युद्धविराम प्रचण्डको कारणले भएको छ। यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला। कांग्रेसलाई एकीकृत गर्न प्रयोग गर्नुहोला, म खुसी हुन्छ।”

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आफूलाई ‘भिलेन’ बनाउन जोडबल गरिरहेको जिकिर गरे। तर, कांग्रेसभित्रको कचिगङ्ल समाधान भए लोकतान्त्रिक आन्दोलनलाई ट्रयाकमा ल्याउन सकेकामा आफू खुसी हुने भन्दै व्यंग्य गरे।

Logo