गठबन्धन परिवर्तन हामी दुई भाईले गरेका हौँः अध्यक्ष ओली

गठबन्धन परिवर्तन हामी दुई भाईले गरेका हौँः अध्यक्ष ओली

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गएरेको बताएका हुन्।

उनले भने,‘नेपाली कांग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो। पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो? मान्छे त उही नै हो नि। हामीले सँगै मिलेर ठूला काम गरेका छौं। राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ कांग्रेसले। गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ। हामी दुई भाईलाई जस दिएपनि हुन्छ।’

धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गरे।

Logo