प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः ‘धोका खाएकाहरू एक हौँ भनेर नारा लागे के हालत होला ?’

प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः ‘धोका खाएकाहरू एक हौँ भनेर नारा लागे के हालत होला ?’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको नेकपा (एमाले) र कांग्रेस मिले के होला भन्दै सोधेका हुन् ।

उनले भने,‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?’

Logo