रास्वपालाई व्यंग्य गर्दै विश्वप्रकाशले भने- ‘अब त एगेन एन्ड एगेन’

रास्वपालाई व्यंग्य गर्दै विश्वप्रकाशले भने- ‘अब त एगेन एन्ड एगेन’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसअघि ‘नो नट एगेन’ अभियान चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले रास्वपाप्रति कटाक्ष गरेका हुन्।

“हिजो चुनावमा नजाँदै नो नट एगेन, अब यी देखिएका बुढा अनुहारहरू प्रधानमन्त्री बन्नु हुँदैन! अहिले त खुमलटार, बालुवाटार बालकोट हुँदै एगेन एन्ड एगेन,” शर्माले भने, “सरकारमा फेरिफेरि गएपछि यसले परिपक्व बनाउँछ। सरकारमा पटकपटक गएपछि नयाँ दलका साथीहरूलाई मिसन ०८४ होइन, अब ०८०/८१ तिरै, ०८२ तिरै ध्यान हुनेछ।”

उनले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्दै अभियान चलाएको रास्वपा विस्तारै वास्तविकतानजिक पुग्न थालेको टिप्पणी गरे। “देशमा केही हुँदैन, केही भएको छैन भन्नेहरू केही सयमअघि सडकयात्रामा निस्कनुभयो । किन निस्कनुभयो भन्दा बाटो ढिलो बन्यो भनेर,” उनले भने, “उहाँहरू हिँड्दै गर्दा के पुष्टि भयो भने, देशमा केही नभएको होइन रहेछ । केही ढिलो भइरहेको रहेछ।”

नयाँदेखि पुराना दल र सत्तादेखि प्रतिपक्षले सत्य छोपेको उनको भनाइ छ ।

Logo