अहिलेको गठबन्धनको गोत्र मिलेको छः महिन्द्रराय यादव

अहिलेको गठबन्धनको गोत्र मिलेको छः महिन्द्रराय यादव

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको बताएका छन्। उनले धेरै लामो समयसम्म उक्त गठबन्धनमा बसेको भए माओवादी क्षयीकरणको बाटोमा जाने खतरा समेत औंल्याएका हुन्।

अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे। “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन। यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ,” उनले भने । कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी उनले गरे।

“विगतको गठबन्धन अप्राकृतिक थियो। किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो। त्यसबेला गठबन्धन बन्दाबीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन। विश्वासको आधारमा भएको हो। गठबन्धनले माओवादीलाई २० सिट कम भयो। नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,” उनले भने ।

Logo