नयाँ गठबन्धनले देशलाई सही मार्गचित्रमा लैजान्छः यादव

नयाँ गठबन्धनले देशलाई सही मार्गचित्रमा लैजान्छः यादव

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले सत्य निरुपणलगायत अन्य कानून र विधेयकहरुको सम्बोधन गर्नका लागि नयाँ गठबन्धनलाई विश्वासको मत दिन आवश्यक रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विधेयकलाई नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत आवश्यक भएको भन्दै गठबन्धनलाई मत दिनको लागि सबै सांसदहरुलाई आग्रह गरेका हुन्।

उनले भने,‘भविष्यमा सत्य निरुपणको विषयलाई संसदबाट पास गर्ने सरकारको लक्ष्यलाई समर्थन गरेर सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर यसलाई पूरा गर्न सक्ने हो भने मुलुकमा शान्ति प्रक्रिया पूरा हुन्छ। यो सँगै बाँकी रहेका अन्य कानून र विधेयकलाई पनि नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत दिन आवश्यक छ। गठबन्धलाई अवधिसम्म टिकाउनको लागि हरेक कार्यक्रमको कुरा जनतासम्म जान आवश्यक छ। यी सबै कुरालाई ध्यानमा राख्ने विश्वास लागेको छ।’

यस्तै उनले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरु समाधान गर्ने र देशलाई सही मार्गचित्रमा लाने विश्वास लिएको पनि बताएका छन्।

उनले भने, ‘नेपाल बहुभाषिक, बहु सांस्कृतिक देश हो। तर यो देशमा धेरै किसिमको सामाजिक सद्भाव खलबलाउने काम भएको छ, त्यसले अनुशासन र सुरक्षाको अनुभूती जनताको जुन आवश्यकता छ। गठबन्धन र सरकारले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरु समाधान गर्ने र देशलाई सहि मार्गचित्रमा लान्छ भन्ने विश्वास छ।’ जनताले धोका पाएको कुरा सत्य भएको उल्लेख गर्दै उनले देश र मुलुकले नेपाली काङ्ग्रेसबाट बढि धोका खाएको उनको भनाई छ।

Logo