काम गर्न नसकेको दिन आफैं सरकार छाडेर जान्छौंः सांसद वाग्ले

काम गर्न नसकेको दिन आफैं सरकार छाडेर जान्छौंः सांसद वाग्ले

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन्।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफैं सरकारबाट बाहिरीएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन्।

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हाेइनाैँ। हामी काम गर्न आएका हौं। प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं। प्रश्न गर्यौं। अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं। शुसासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएकाछौं। गर्न नसकेको दिन हामी आफैं बाहिरीनेछौं। प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौँ। उहाँले हामीलाई गलहत्याउनुपर्देन।’ विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ।

Logo