प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत

केन्द्रबिन्दु
182
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको आम निर्वाचनपछि तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।

संसदमा उपस्थित रहेको २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ जना सांसदले मतदान गरेका हुन् । विपक्षमा ११० मत पर्यो भने १ सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले मत दिएको छ । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ । त्यसबेला नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए । गठबन्धन फेरेर दोस्रो पटक उनले गत वर्ष चैत ६ गते पुनः विश्वासको मत लिँदा उनको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो।

Logo