तीनपटक विश्वासको मत लिँदा अलगअलग अनुभूति पाएँ -प्रधानमन्त्री प्रचण्ड

तीनपटक विश्वासको मत लिँदा अलगअलग अनुभूति पाएँ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
154
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा तेस्रोपटक विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो काँधमा जिम्मेवारी अझ थपिएको बताएका हुन् ।

‘तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ। जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु’ उनले भने, ‘तीनपटक विश्वासको मत लिँदै गर्दा अलग-अलग अनुभूति र महसुस भयो। करिब सत प्रतिशत विश्वासको मत पाउँदा र अहिलेको अवस्थाको अनुभूति प्राप्त गरेँ । मप्रति भरोसा गरेर मलाई समर्थन गर्ने र विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद ।’

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात सांसद अनुपस्थित भएका थिए । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ प्राप्त भएको जानकारी गराइएकाे थियाे ।

Logo