जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

केन्द्रबिन्दु
98
Shares

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

महराले शुक्रबार नै ४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उनलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जानकारी गराएका छन्।

Logo