इलाम–२ उपनिर्वाचनका लागि मतदान केन्द्र निर्धारण, १४९ मतदान केन्द्र 

इलाम–२ उपनिर्वाचनका लागि मतदान केन्द्र निर्धारण, १४९ मतदान केन्द्र 

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । जसअनुसार इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ । आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेर वैशाख १५ को उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको जनाएको छ ।

Logo