‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत विषयमा दफावार छलफल गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा ऐन संसोधनका क्रममा पाँच मन्त्रीलाई बोलाएर मन्त्रालयसँग सम्बन्धीत विषयमा छलफल गरेको हो । बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, वन तथा वातावरणमन्त्री नवलकिशोर साह उपस्थित थिए ।

ऐन संसोधनका सम्बन्धमा समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयसँग सम्बन्धीत कानुनहरु संसोधनहरु गर्न गम्भीर रहेको बताए । उनले भने, ‘यहाँ छलफल हुने विषयहरुलाई मन्त्रालयले गम्भिरतापूर्वक हेर्ने नै छ । केही ऐनका कुराहरु छन्, भएका व्यवस्थाका कुराहरु छन् । यसमा मन्त्रालय गम्भीर छ ।’

समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने बताइन् ।

Logo