उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिदैं, कुन दलबाट को छन् उम्मेदवार

उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिदैं, कुन दलबाट को छन् उम्मेदवार

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैंछ । 

आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैंछ । 

नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र बझाङमा अभिषेक उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

नेकपा माओवादीले उम्मेदवारी टुंगो लगाएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई टिकट दिएको छ भने राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने भएको छ।

जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्।

Logo