सहकारी प्रकरणमा मुछिएका मन्त्री अर्याल भन्छन्- मेरै २३ लाख डुबेको छ

सहकारी प्रकरणमा मुछिएका मन्त्री अर्याल भन्छन्- मेरै २३ लाख डुबेको छ

केन्द्रबिन्दु
56
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै रकम फसेको बताएका छन् ।

हाम्रो नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएको आरोप खेप्दै आएका श्रममन्त्री अर्यालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सहकारीमा आफ्नै २३ लाख डुबेको र रकम उठाइदिन सक्नेलाई अलिकति रकम उपहारस्वरुप दिने बताएका हुन् । ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ ।’ उनले भने ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका उनले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको पनि आरोप लगाए ।

सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको कांग्रेसले यही साताको मंगलबार प्रतिनिधिसभा बैठक मन्त्री अर्याल पनि संलग्न रहेको आरोप लगाएको थियो । सांसद रामकृष्ण यादवले भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएको छ ।’

Logo