पार्टीमा बोगटीको सधैं अभाव महसुस भइरहन्छ -प्रधानमन्त्री प्रचण्ड

पार्टीमा बोगटीको सधैं अभाव महसुस भइरहन्छ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैं अभाव महसुस हुने गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताएकी हुन् । उनले भने, “पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।”

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री प्रचण्डले स्मरण गरे । उनले भने, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।”

Logo