इलाम २ मा एमालेका सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता

इलाम २ मा एमालेका सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
252
Shares

आगामी वैशाख १५ मा इलाम २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार नेम्बाङले माओवादीका धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउनु पूर्व उनले राष्ट्रिय विभूति तथा सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङकाे निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेकाे हाे । साे क्षेत्रमा एमालेबाट नेम्बाङकै छोरा सुहाङ उठेका हुन् । उनलाई माओवादीले पनि समर्थन गरेको छ।

Logo